सुकुटेमा बस नदीमा खस्यो, ८ जनाको घटनास्थलमै मृत्यु

सुकुटेमा बस नदीमा खस्यो, ८ जनाको घटनास्थलमै मृत्यु


अरनिको राजमार्गअन्तर्गत सुकुटेमा बस दुर्घटना हुँदा घटनास्थलमै कम्तीमा ८ जनाको ज्यान गएको छ ।

मुडे देउरालीबाट काठमाडौंका लागि छुटेको बा.२ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो ।

उद्धारका लागि घटनास्थलमा पुगेका प्रहरीका अनुसार कम्तीमा आठ जनाको मृत्यु भएको छ । केही शवहरु खोलाले बगाएकोसमेत छ । स्थानीयकाअनुसार अहिले उद्धार जारी छ ।

चालक र एक बालकको उद्धार गरिएको छ । घटनाको विस्तृृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।