भालुको आक्रमणबाट घाइते

भालुको आक्रमणबाट घाइते


दोलखाको जिरी नगरपालिका–१ को च्यबुकेमा आज (सोमबार) बिहान ६ बजे एक वृद्धलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । घाइते बोल्न नसक्ने अवस्थामा भेटिएकाले काठमाडौं सिफारिस गरिएको छ ।

जिरी नगरपालिका–१ बस्ने पदमबहादुर खड्कालाई हलोजुवा लिन बारीमा गएको बेला भालुले आक्रमण गरेको हो । भालुको आक्रमणमा परी निजको घाँटी, टाउको, निधार र मुखमा गम्भीर चोट लागेकाले थप उपचारका लागि जिरी अस्पतालबाट काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए । उक्त स्थान सदरमुकामबाट ८० किलोमिटर पूर्वमा पर्दछ ।