पेस्तोलसहित तीनजना लुटेरालाई प्रहरीले चोभारबाट पक्राउ गरेको छ । पक्राउ पर्ने लुटेराहरूमा देवेन्द्र भण्डारी, मनोज बस्नेत र सुमन खड्का रहेको प्रहरीले जनाएको छ ।
लुटेरा समूहबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने पाँच थान गोलीसमेत बरामद गरेको छ । लुटेरा समूहबाट बा.१७च ८३६४ नम्बरको कार र लागूऔषधसमेत बरामद गरिएको प्रहरी भनाइ छ ।
प्रतिक्रिया