समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग

समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग


लुम्बिनी विकास कोषअन्तर्गतका परियोजनामा काम गरिरहेका निर्माण व्यवसायीहरुले समयमै भुक्तानीको माग गरेका छन् । लुम्बिनी-एएनके-खड्का कृष्ण जेभी, लामा-एपेक्स-कमलजीत जेभी, रमण-गजुरमुखी जेभी र खानी-अर्घाखाँची-बाबुल जेभीले संयुक्त विज्ञप्ति जारी गरी निर्माणको भुक्तानी समयमै गर्नका लागि माग गरेका हुन् ।

निर्माण व्यवसायीहरुले कोषसमक्ष भुक्तानी प्रक्रिया तुरुन्तै सरलीकरण गर्न र यसमा भएका ढिलासुस्तीहरु समाधान गर्न आग्रह गरेका छन् । उनीहरुले समयमै भुक्तानी नभए सम्पूर्ण निर्माण कार्य रोक्ने समेत स्पष्ट पारेका छन् ।

‘निर्माण व्यवसायीले समयमा प्रस्तुत गरेका बिलहरु भुक्तानी प्रक्रियालाई तुरुन्तै अघि बढाउन आग्रह गर्दछौँ, भुक्तानी प्रक्रियामा भएको विलम्बले व्यवसायीलाई वित्तीय व्यवस्थापनमा असर पारेको छ’, विज्ञप्तिमा नभिएको छ ।