ट्रकको ठक्करबाट दासढुङ्गामा एकको मृत्यु

ट्रकको ठक्करबाट दासढुङ्गामा एकको मृत्यु


भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा आज (८ मंसिर) बिहान ट्रककोे ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालालाई उद्धृत गर्दै राससले दिएको जानकारीअनुसार मुग्लिनबाट हेटौँडातर्फ जान आउँदै गरेको ना. ६ ख १८९६ नंको ट्रकले ती पुरुषलाई ठक्कर दिएको थियो । दुर्घटना बिहान ५ः५४ बजे भएको हो ।

ठक्करबाट घाइते उनको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ६ः२५ बजे मृत्यु भएको हो । पुरुषलाई ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।