क्रिप्टोमार्फत २ अर्ब १ करोड रकम कारोबार

क्रिप्टोमार्फत २ अर्ब १ करोड रकम कारोबार


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वमा सञ्चालन हुने विभिन्न खेलहरुमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ, वानएक्स बेट, जुवा ३६५ तथा क्रिफ्टोमार्फत रु दुई अर्ब एक करोडभन्दा बढीको कारोबार गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

रहेको भन्ने प्राप्त सूचनाको आधारमा प्रारम्भिक अनुसन्धान गर्दै जाँदा विभिन्न ब्यक्तिहरुको नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस एकाउन्ट, १५ वटा इ-सेवा वालेट एकाउन्टसमेत बाट ५६ वटा बैकमा खाता खोलेर २ अर्ब १ करोड १८ लाख ४४ हजार १ सय २ रुपैयाँ कारोबार गर्ने काभ्रेको मण्डनदेउपुर-८ का २४ वर्षीय अनिल ढुंगाना पक्राउ परेका हुन् । हाल भक्तपुरको सूर्यविनायक-२ मा बस्दै आएका ढुङगानाले विभिन्न ब्यक्तिहरुको नाममा रहेको ११ वटा कनेक्ट आइपीएजमा ५५ वटा बैक खाता खोल ४८ करोड ८० लाख रुपैयाँको कारोबार गरेका थिए ।

यस्तै १५ वटा वालेट प्रयोग गरेर ५ करोड, ५६ वटा बैक खाताहरु प्रयोग गरेर ६१ करोड ६४ लाख रुपैयाँ कारोबार गरेको खुल्न आएको हो । बाइनान्समार्फत २ वटा खाता प्रयोग गरेर २ सय ४३ प्रकारका क्रिप्टोकरेन्सीको १ अर्ब ३४ करोड ५२ लाख ९१ हजार २ सय रुपैयाँबराबरको कारोबार गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।