राष्ट्र बैंकले चार अर्ब ८१ करोडको ट्रेजरी बिल बिक्री गर्दै

राष्ट्र बैंकले चार अर्ब ८१ करोडको ट्रेजरी बिल बिक्री गर्दै


नेपाल राष्ट्र बैंकले भोलि (सोमबार) रु. चार अर्ब ८१ करोड ३२ लाखबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्ने जनाएको हो । बैंकले एक सूचनामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको जनाएको हो ।

बैंकले रु. दुई अर्ब २३ करोड ३२ लाखबराबरको ९१ दिने अवधिको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त बिल आगामी फागुन १३ गते परिपक्व हुनेछ । यस्तै १८२ दिने अवधिका लागि रु. दुई अर्ब ४७ करोडबराबरको बिल बिक्री गर्न लागिएको हो ।

उक्त बिल आगामी जेठ १३ गते परिपक्व हुनेछ । यस्तै ३६४ दिने अवधिका लागि रु. ११ करोडबराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी मंसिर ९ गते परिपक्व हुनेछ । बैंकले यही मंसिर २ गते पनि पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।
rss