नेप्सेमा साढे दश अंकको पहिरो

नेप्सेमा साढे दश अंकको पहिरो


धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक कारोबार पहिलो दिन आइतबार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.५४ बिन्दुले घटेर एक हजार ११०.०८ बिन्दुमा पुगेको छ ।

सेन्सेटिभ परिसूचक २.०३ बिन्दुले घटेर २४४.८६ बिन्दुमा पुगेको छ । नेप्से घटे पनि कारोबार रकम भने औसतमा सीमित भयो । कुल १६२ कम्पनीको नौ लाख २९ हजार ७४४ कित्ता सेयर रु. २८ करोड पाँच लाख ३४ हजार ४१५ मूल्यमा खरिद–बिक्री भए ।

नेप्सेका अनुसारका कारोबार भएका कुल १२ उपसमूहकै सेयर ओरालो लागेको छ । बैंकिङ १०.४७, व्यापार ३९.८६, होटेल १०.८३, विकास बैंक १०.३९, जलविद्युत ७.६, वित्त ५.४१, निर्जीवन बिमा ५७.१५, उत्पादन २०.५१, अन्य ४.६६, लघुवित्त ६.३४, जीवन बिमा ४८.०८ र सामूहिक लगानी कोष ०.०९ बिन्दुले घटेको छ ।

नेप्सेका अनुसार एनएमबी बैंकको कारोबार शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु. दुई करोड ११ लाख ५९ हजार ४ सयबराबरको सेयर कारोबार भयो । नेपाल बैंक लिमिटेड रु. एक करोड ३७ लाख ८३ हजार ९१६, साना किसान विकास बैंक रु. एक करोड २० लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंक रु. एक करोड ७८ हजार ९११ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार नेशनल हाइड्रोपावर चार, अपि पावर ३.८८, लक्ष्मी लघुवित्त वित्तीय संस्था ३.०७ र नेसनल माइक्रोफाइनान्सका लगानीकर्ताले २.५८ प्रतिशतले कमाउँदा साल्ट टे«डिङ कर्पोरेसन ९.९०, गुर्खाज फाइनान्स ५.४०, पु्रडेन्डियल इन्स्योरेन्स ५.२६, गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४.८२ प्रतिशतले गुमाए ।
rss