नेपाली मद्दत समूहको च्यारिटी सम्पन्न

नेपाली मद्दत समूहको च्यारिटी सम्पन्न


DSC_1523विन्चेष्टर । बेलायतका विभिन्न स्थानमा रहेका गोर्खा भेटेरानहरुको सहयोगमा सक्रिय च्यारिटी संस्था नेपाली मद्दत समूह यूकेले एक च्यारिटी कार्यक्रम आयोजना गर्‍यो । गत साता विन्चेष्टरस्थित लाली गुरांँस रेष्टुरेण्टमा आयोजित च्यारिटी कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधिलगायत विभिन्न समुदायका व्यक्तित्वहरु सहभागी थिए ।
विभिन्न समस्याहरु झेलिरहेका नेपाली बृद्धबृद्धाहरुलाई सहयोग पुर्‍याउने उद्देश्यले स्थापना भएको नेपाली मद्दत समूहले अन्य समुदायका व्यक्तित्वहरुलाई पनि सहयोग पुर्‍याउने लक्ष्यअनुरुप च्यारिटी आयोजना गरेको हो । च्यारिटी कार्यक्रमबारे जानकारी दिंदैं समूहका कोफाउण्डर तथा कोचेयर कमल बहादुर पुर्जाले संकलित रकम सही स्थानमा सदुपयोग गरिने बताए । कार्यक्रममा सहयोग पुर्‍याउनेप्रति आभार प्रकट गर्दै पुर्जाले स्थानीय समुदायमा रहेका असाहायको सहयोगार्थ आफूहरुले च्यारिटी संकलन गरेको जानकारी दिए ।
त्यस्तै मद्दत समूहकी कोफाउण्डर तथा कोचेयर एमण्डा लीले कार्यक्रम सफल भएकोमा खुशी व्यक्त गर्दै सहयोगीहरुलाई धन्यवाद दिएकी थिईन् । सो अवसरमा मन्तव्य व्यक्त मद्दत समूहका सहयोगी समाजसेवी एकराज नेम्वाङले मद्दत समूह स्थापनाकालदेखि समाजसेवामा सक्रिय रहेको बताउँंदै आगामी दिनमा यसले अझै बृहत्तर रुपमा काम गर्ने बताए ।
कार्यक्रममा ह्याम्सायर क्षेत्रमा रहेका बृद्धबृद्धा लक्षित भिडियो डकुमेण्ट्री देखाइएको थियो । कार्यक्रममा स्थानीय इष्ट्ली काउन्सीलका काउन्सीलर, मोना यूकेका अध्यक्ष्ँ उमेश रानालगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता थियो ।
सहभागीहरुले कार्यक्रममा सहभागी हुन पाउंदा आफूहरुलाई खुशी लागेको बताउंंदै नेपाली मद्दत समूह यूकेले समाजमा उल्लेखनीय योगदान दिएको प्रतिक्रिया दिएका थिए । -एकराज नेम्वाङ
DSC_1514