आज (९ मंसिर) देखि राजधानी काठमाडौंमा चीन–तिब्बत–नेपाल आर्थिक तथा व्यापार मेला आयोजना हुँदैछ । चीनको वाणिज्य मन्त्रालय व्यापार विकास विभाग तथा चीनकै स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड च्याम्बरको आयोजना र नेपाल–चीन उद्योग वाणिज्य सङ्घको सहकार्यमा मेला आयोजना हुन लागेको हो ।
तिब्बत बोर्डर ट्रेड च्याम्बरका अध्यक्ष लापा तिङ्लीले आइतबार आयोजित पत्रकार सम्मेलनमा जनाएअनुसार मेला (प्रदर्शनमा) मा तिब्बतका ५० भन्दा बढी व्यापारिक कक्षमा विद्युतीय सामग्री, खाद्यान्न, लत्ताकपडा, छालाका सामान, पेय पदार्थ, शृङ्गार सामग्री, सजावटका सामान तथा दैनिक उपभोग्य वस्तु राखिने छन् ।
मेलाको माध्यमबाट दुई देशबीचको व्यापारिक क्रियाकलापमा बढोत्तरी भई शताब्दीऔँ पुरानो आर्थिक, व्यापारिक तथा सामाजिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास लिइएको तिङ्लीले जनाए ।

प्रतिक्रिया