‘सिजीसँग उत्साह उमङ्ग थाइल्याण्ड जाउँ परिवारसँग’ स्किमको लक्की-ड्र सम्पन्न

‘सिजीसँग उत्साह उमङ्ग थाइल्याण्ड जाउँ परिवारसँग’ स्किमको लक्की-ड्र सम्पन्न


नेपालको नं. १ ब्राण्ड ‘सिजी’ले यस वर्षका महान् चाडपर्वलाई लक्षित गरी ‘सिजीसँग उत्साह–उमङ्ग थाइल्याण्ड जाउँ परिवारसँग’ नामक स्किमको दोस्रो चरणको लक्की–ड्र सम्पन्न गरेको छ । त्रिपुरेश्वरस्थित आफ्नै शो रुममा सम्पन्न लक्की–ड्र सिजीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।

गत भदौ २० गतेदेखि लागु गरिएको यस योजनामा सिजी ब्राण्डको प्रत्येक होम अप्लायन्सको खरिदमा थुप्रै आकर्षक उपहारहरू राखिएको थियो । गत साता (मंसिर ६ गते) गरिएको लक्की–ड्रमा पोखराका सत्यराज कँडेल (९८५६०३७२५८), धादिङका छन्दबहादुर सेन (९८०३५४५३२२) र रुपन्देहीका धनपति न्यौपाने (९८४७३०४३०३) गरी तीन भाग्यशाली जोडीले थाइल्याण्ड जाने अवसर प्राप्त गरेका सिजीले जनाएको छ । कम्पनीले जनाएअनुसार यो योजना सीमित अवधिको लागि लागु गरिएको थियो ।