मन्दिरको धर्मशालामा मृत भेटिए युवक

मन्दिरको धर्मशालामा मृत भेटिए युवक


महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ मा अवस्थित श्री कामेश्वरनाथ मन्दिरको धर्मशालामा आज बिहान एक युवक मृत भेटिएका छन् । नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय मधेशी मूलको जस्तो देखिने युवक आज बिहान सो मन्दिरको धर्मशालामा मृत भेटिएको हो ।

प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार गएराति सो मन्दिरमा भजन, कीर्तन भइरहेको बेला धर्मशालामा बास बस्न गएका युवक आज बिहान बान्ता गरी मृत अवस्थामा भेटिएका थिए । मृतक युवकको शवको प्रकृति हेर्दा उनी नशालु पदार्थ सेवन गरी मरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तर उनको मृत्यु के कारणले भएको हो भन्ने स्पष्ट हुनका लागि शव परीक्षण गर्न अञ्चल अस्पताल जनकपुर पठाइएको छ ।