नालीमा डुबेर बालिकाको मृत्यु

नालीमा डुबेर बालिकाको मृत्यु


■ नारद कोहार, कपिलवस्तु

जिल्लाको यशोधरा गाउँपालिका ३ वसन्तपुर नालीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

झब्बरप्रसाद तिवारीकी डेढ वर्षीया छोरी सम्झना तिवारीको मृत्यु भएको हो ।

सम्झना नालीमा मृत अवस्थामा फेला परेकी थिइन् । घरको किनारमा रहेको नालीमा खसेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

शवलाई पोस्टमार्टमका लागि तौलिहवा अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिए ।