प्रधानमन्त्री अनुपस्थित हुँदा शुमकामना कार्यक्रम खल्लो

प्रधानमन्त्री अनुपस्थित हुँदा शुमकामना कार्यक्रम खल्लो


१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को कार्यसमितिले आज (१० मंसिर) विशेष सम्बोधन तथा शुभकामनाको कार्यक्रमको आयोजना गरे पनि प्रधानमन्त्रीको अनुपस्थितिका कारण कार्यक्रम आयोजन खल्लो हुन पुगेको छ । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका संरक्षक तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्बोधन तथा शुभकामना दिने कार्यक्रम रहेको थियो ।

कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले १३औँ सागमा सहभागी खेलाडीहरूलाई सम्बोधन र शुभकामना व्यक्त गर्ने कार्यक्रम रहेको थियो । त्यसपछि दशरथ रङ्गशाला पुगेर रंगशालाको निरिक्षण तथा शुभकामना दिने कार्यक्रम तय भएको थियो ।

एक्कासी प्रधानमन्त्री अस्वस्थ भएपछि उनी उक्त सम्बोधन तथा शुभकामना कार्यक्रममा उपस्थित हुन सकेनन् । प्रधानमन्त्री उपस्थित नभएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल आउने चर्चा चलेको थियो । तर, पोखरेल पनि नआएपछि युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले खेलाडीहरुलाई शुभकामना दिने औपचारिकता निर्वाह गरेका थिए ।