विदेशी खेलाडीको वीमा आईएमईले गर्ने

विदेशी खेलाडीको वीमा आईएमईले गर्ने


मंसिर १५ गतेदेखि हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने विभिन्न देशका खेलाडी, प्रशिक्षक, निर्णायक, अफिसियललगायतको दुर्घटना वीमा आईएमई जनरल इन्स्योरेन्स लिमिडेटले गर्ने भएको छ ।

सोसम्बन्धी सम्झौतापत्रमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल र आईएमईका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सागमा सहभागी हुने करिव ७ हजार ५ सय विदेशीको ५ लाखका दरले दुर्घटना विमा गरिएको स्वास्थ्य समितिका सचिव तिलक नेपालीले जनाएका छन् । नेपाली खेलाडीलगायतको विमा भने यसअघि नै भइसकेको छ ।