१३औँ सागको पहिलो खेल ‘महिला भलिबल’

१३औँ सागको पहिलो खेल ‘महिला भलिबल’


१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत मंसिर ११ गते बुधबार पहिलो खेल हुँदैछ । १३औँ सागको पहिलो खेल आयोजक नेपाल र बंगलादेश विच महिला भलिबल खेलको आयोजना हुनेछ । पहिलो खेल बुधवार ३ बजे दशरथ रङ्गशालास्थित कवर्ड हलमा आयोजना हुने महासचिव जितेन्द्र चन्दले जानकारी गराए ।

त्यस्तै बुधवार नै पुरुष भलिबल खेलको पनि आयोजना हुनेछ । बंगलादेश र नेपालविच हुने उक्त खेल साँझ ५ बजे अयोजना हुनेछ । दुवै प्रतियोगिता राउण्ड रोविनको आधारमा खेलाइने छ । प्रतियोगिताको सम्पूर्ण तयारी भैसकेको महासचिव चन्दले बताए ।

महिलातर्फको खेलमा नेपालले बंगलादेशलाई सहजै पराजित गर्ने अनुमान गरिए पनि पुरुषतर्फ कडा प्रतिस्पर्धा हुने विश्वास गरिएको छ ।