भलिबलमा उपाधि जित्ने महिला टोली नगदसहित सम्मानित

भलिबलमा उपाधि जित्ने महिला टोली नगदसहित सम्मानित


बंगलादेशमा सम्पन्न एभिसी सेन्टत्ल जोन भलिबल च्याम्पियनसिपमा स्वर्ण पदक विजेता नेपाली महिला भलिबल टोलीलाई सरकारले नगदसहित सम्मानित गरेको छ । सरकारले आज (मंसिर १०) गते महिला भलिबल टोलीलाई सम्मानित गरेको हो ।

महिला भलिबल टीमले स्वर्ण पदक जितेपछि सहभागी खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद तीन लाखसहित सम्मान गर्ने सरकारी घोषणा थियो । सोही पूर्वघोषणाअनुसार सरकारले आज विशेष कार्यक्रममा खेलाडीहरुलाई नगदसहित सम्मानित गरेको हो ।

उपाधि विजेता खेलाडीलाई अर्थमन्त्री युवराज खतिवडा, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा अर्थमन्त्री खतिवडाले सागमा स्वर्ण पदक जित्ने खेलाडीको पुरस्कार राशि वृद्धि गर्ने बताए ।