ब्याडमिन्टन संघलाई प्रतिभा सम्मान पुरस्कार

ब्याडमिन्टन संघलाई प्रतिभा सम्मान पुरस्कार


युवा तथा खेलकुद मन्त्रालयद्वारा प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पुरस्कारबाट नेपाल ब्याडमिन्टन संघ सम्मानित भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयमा बुधबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार बिश्वकर्माले यस बर्ष संघतर्फको पुरस्कार ब्याडमिन्टन संघलाई प्रदान गरे । नगद १ लाखसहित प्रशंसा पत्र संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले ग्रहण गरे ।

राष्ट्रिय प्रतिभा सम्मान पुरस्कार प्राप्त गर्ने खेलाडीहरुमा करण केसी (क्रिकेट), रजनी श्रेष्ठ (शारीरिक सुगठन), सावित्रा भण्डारी (फुटबल), भुवन सार्की (तेक्वान्दो), हिमाल अर्याल (पारा क्रिकेट), अनु अधिकारी (कराते), विक बहादुर थामी (कराते) रहेका छन् ।

यस्तै प्रशिक्षक तर्फ जगदिश भट्ट (भलिबल), निर्णायक तर्फ सुदिश पाण्डे (फुटबल), ब्यवस्थापक तर्फको पुरस्कार शैलेन्द्र राउत (प्याराग्लाईडिङ्ग) रहेका छन् ।

प्रत्येक पुरस्कृतले नगद १ लाख सहित प्रशंसा पत्र प्राप्त गरे । खेलाडी तर्फ अनु अधिकारी र विक बहादुर थामीले ५०÷५० हजार प्राप्त गरे । पुरस्कार छनोट समितिले दिईएको अंकका आधारमा दुवैले समान अंक प्राप्त गरेकाले दुवैलाई ५०÷५० हजार प्रदान गरिएको समितिका सदस्यले जानकारी गराए ।

पुरुष भलिबलमा भने बंगलादेशले नेपाललाई ३–२ सेटले पराजित ग¥यो । समूह ‘ए’ को लिग खेलमा बंगलादेशले नेपाललाई २१–२५, २५–२३, १९–२५, २६–२४ र १५–१२ ले पन्छायो ।

पाँच सेटसम्म चलेको निकै प्रतिस्पर्धात्मक खेलमा सुरुको सेट नेपाले जिते पनि दोश्रो सेट बंगलादेशले जितेको थियो । त्यस्तै तेश्रो सेट जितेर नेपालले अग्रता लिएपनि चौथौ र पाँचौ सेट बंगलादेशले जितेको थियो ।

प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले रेफ्री संयोजक गौतम लासिवालाई बल हस्तान्तरण गरी खेल शुभारम्भ गरेका थिए । सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भएपनि भलिबल मंसिर ११ गतेदेखि नै सुरु भएको हो ।