तिम्सिना १३औँ सागको ‘सेफ द मिसन’

तिम्सिना १३औँ सागको ‘सेफ द मिसन’


नेपाल ओलम्पिक कमिटीको कार्यकारी समितिको बैठकले आगामी मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सेफ मिसनमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्वर तिम्सिनालाई तोकेको छ ।

नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएअनुसार डेपुटी सेफ द मिसनमा राष्ट्रिय तयारी टीम समितिका संयोजक रीम रानाभाट र नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङलाई तोकेको छ ।

साथै रानाभाटलाई काठमाडौं र गुरुङलाई पोखराको राष्ट्रिय टीम हेर्ने जिम्मेवारी पनि दिएको छ ।