तेह्रौँ साग : शुक्रबारदेखि अग्रिम टिकट बिक्री

तेह्रौँ साग : शुक्रबारदेखि अग्रिम टिकट बिक्री


तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) हेर्न दर्शकका लागि शुक्रबार (१३ मंसिर) देखि टिकट बिक्री शुरु गरिने भएको छ । मङ्सिर १५ गतेदेखि कास्कीको पोखरामा हुने सागका विभिन्न खेलका लागि स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिले टिकट बिक्री गर्न लागेको हो ।

सागमा पोखरामा आठ खेल हुँदैछन् । टिकट व्यवस्थापनको जिम्मा स्रोतसाधन परिचालन समितिले लिएको छ । साधारणतर्फ रु. १०० र सिजनलतर्फ रु. ५०० टिकट दर कायम गरिएको समितिका संयोजक सञ्जीवबहादुर कोइरालाले जानकारी दिनुभयो । यसैगरी बिच भलिबलको टिकट दर रु.. २०० तय गरिएको छ । पोखराको विभिन्न ठाउँको चोकमा १४ टिकट बिक्री कक्ष राखिएको छ ।

पोखरामा हुने विभिन्न आठ खेलका लागि ८४० खेलाडी तथा अफिसियल पोखरा आउँदैछन् । पोखरामा महिला फुटबल र क्रिकेट, बीच भलिबल, भारोत्तोलन, ह्याण्डबल, ट्रायथलन, आर्चरी र ब्याडमिन्टन खेल हुनेछ । नेपालले स्वर्ण आश गरेको प्याराग्लाइडिङ भने नहुने भएको छ ।

पोखरास्थित रङ्गशालामा फुटबल, क्रिकेट, ब्याडमिन्टन, ह्याण्डबल र धनुकाण खेल हुनेछन् भने भारोत्तोलन पोखरा–१२ माटेपानीमा तथा ट्रायथलन र बिच भलिबल लेकसाइडमा हुने साग खेल प्रचारप्रसार समितिका संयोजक केशव पाठकले जानकारी दिनुभयो ।
rss