१३औँ ‘साग’मा सहभागी सातै राष्ट्रको झण्डोत्तोलन

१३औँ ‘साग’मा सहभागी सातै राष्ट्रको झण्डोत्तोलन


१३औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी सातै राष्ट्रको मंसिर १४ गते शनिबार झण्डोत्तोलन गरिएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा राखिएको सातै राष्ट्रको झण्डोत्तोलन गरिएको हो ।

सातै राष्ट्रका सेभ दि मिसनले आ–आफ्नो राष्ट्रको झण्डोत्तोलन गरेका थिए । नेपालबाट नेपाली टोलीका सेभ दि मिसन राखेपका उपाध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका सह–महासचिव पिताम्बर तिम्सिनाले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए ।