करातेकी चञ्चलालाई रजत पदक

करातेकी चञ्चलालाई रजत पदक


१३औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत महिला एकल कातामा नेपाली खेलाडी चञ्चला दनुवारले रजत पदक जितेकी छिन् । सोमबार सातदोबाटोस्थित कराते प्रशिक्षण केन्द्रमा भएको खेलमा चञ्चला फाइनलमा पाकिस्तानकी सइदासँग ४२–२५ ले पराजित भएपछि उनले रजत पदकमै चित्त बुझाउनु परेको हो ।

यसअघि पहिलो चरणमा आफ्नो समुहमा रहेका बंगलादेशका हुमारीका अख्तर र भुटानका सोनाम ल्हामोलाई हराउँदै चञ्चला फाइनलमा प्रवेश गरेकी हुन् । सो स्पर्धामा बंगलादेशकी अख्तर र श्रीलंकाकी हेटशी आराची लागेले काश्य पदक जितिन् ।