राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई हार्दिक बधाई ज्ञापन गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले आज (बुधबार) अपराह्न ट्विट गर्दै प्रतियोगितामा सहभागी सबै राष्ट्रका खेलाडी तथा खेल पदाधिकारीमा आभार व्यक्त गरेकी छिन् । साथै उनले सागको सफल आयोजनाका निम्ति युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, प्रशिक्षक, निर्णायकलगायत सम्बद्ध सबैलाई धन्यवाद पनि व्यक्त गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले उक्त प्रतियोगिताबाट दक्षिण एसियाली मुलुक र जनताबीचको सम्बन्ध थप प्रगाढ भएको महसुस आफूले गरेको पनि बताएकी छन् ।
प्रतिक्रिया