जबरजस्ती करणीको आरोपमा मंसिर १६ गते पक्राउ परेका सिद्धबाबा कृष्णबहादुर गिरीलाई अदालतले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
प्रहरीले अनुसन्धानका लागि भन्दै १० दिनको समय माग गरेको भए पनि जिल्ला अदालत सुनसरीले शुक्रबार सिद्धबाबालाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
यसअघि प्रहरीलाई अदालतले सिद्धबाबामाथि लागेको आरोप अनुसन्धान गर्न भन्दै सात दिन र चार दिन गरी दुईपटकमा ११ दिनको समय दिइसकेको छ ।
सिद्धबाबा भने बिरामीको बहानामा विराटनगरस्थित विराट नर्सिङ होममा बस्दै आएका छन् । गिरीमाथि उनकै एक महिला अनुयायीले बलात्कारको आरोपमा प्रहरीमा मंसिर ४ गते किटानी जाहेरी दिएकी थिइन् ।
प्रतिक्रिया