जापान मनी एक्सप्रेसको टोकियोमा नयाँ शाखा

जापान मनी एक्सप्रेसको टोकियोमा नयाँ शाखा


■ विशेष प्रतिनिधि, टोकियो

जापान सरकारको सम्बन्धित निकायमा विधिवत रुपले दर्ता भइ नेपालीको लगानीमा सञ्चालित पहिलो रेमिट्यॉन्स कम्पनी जापान मनी एक्सप्रेसले टोकियोको शिनओकुबोमा नयाँशाखा विस्तार गरेको छ । टोकियोमा नेपालीहरुको मुख्य ब्यापारिक केन्द्र रहेको शिनओकुबो क्षेत्रमा नै कार्यालय रहेको जेएमईले आईतबार छैठौँ शाखाको औपचारिक शुभारम्भ भएको हो ।

शुभारम्भ कार्यक्रममा दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, एनआरएनए आइसीसी निवर्तमान अध्यक्ष भवन भट्ट, आइसीसी सदस्य डीपी कँडेल, नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली, नेकपा जापानका नेताद्वय हवलचन्द्र लामा, बाबुराम भण्डारी, जनसम्पर्क समितिका नेता रोशन केसी, एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धि गौचन लगायतलेहरुले रिवन काटेर उदघाटन गर्नुभएको थियो ।

कार्यक्रममा जेएमईले जापानबाट नेपाल लगायतका विभिन्न १२ वाट मुलुकहरुमा समेत रेमिट्यान्स् कारोवार गरिरहेको जेएमईका अध्यक्ष ओम गुरुङले जानकारी दिनुभयो । उहॉले जापानमा नेपालीहरु सहित विदेशीहरुको संख्या बढेसँगै जेएमईले सेवा विस्तार, फुकुओका, नागोया, चिवा लगायत शहरबट पनि कारोबार गर्न सकिने बताउनुभयो ।

जापान मनी एक्सप्रेस कम्पनी लिमिटेडले विगत २०१० देखि नेपाललगायत संसारका विभिन्न मुलुकमा विप्रेषण सेवा उपलब्ध गराउँदै आइरहेको छ । रेमिट्यान्स् कारोबारमा सरल, सुलभ र विश्वसनियता स्थापित गरिसकेको जेएमईले संसारका ग्लोबल ब्रान्डहरुसँग सहकार्य गर्दै निकट भविष्यमा २० वटा देशमा सेवा विस्तार गर्ने उद्देश्य राखेको छ । जेएमईको अहिलेसम्म नेपाल, भारत, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, भियतनाम, श्रीलंकालगायत २० देशमा सेवा प्रवाह हुँदै आएको जनाइएको छ ।