सानिमाको वार्षिकोत्सवमा रक्तदान

सानिमाको वार्षिकोत्सवमा रक्तदान


सानिमा बैंक लिमिटेड नौविसे शाखा (धादिङ)ले आफ्नै परिसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकको १५औं वार्षिक उत्सवको उपलक्ष्यमा सोमबार (३० मंसिर) धादिङ जेसिजको सहकार्यमा आयोजित रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको शाखा प्रबन्धक मधुप्रकाश खतिवडाले जानकारी दिए ।

बताइएअनुसार रक्तदान कार्यक्रममा १२० जना सहभागी भएको र ५२ जनाले रक्तदान गरी पुण्य कमाएका छन् । रक्तदान कार्यक्रम सफल तुल्याउन सहयोग गर्ने धादिङ जेसिजका अध्यक्ष विनोदकुमार उप्रेती, कार्यक्रम संयोजक प्रितम त्रिपाठी, रक्तसंचार केन्द्र कालिमाटी एवम् समस्त रक्तदातालाई शाखा प्रबन्धक खतिवडाले धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि सहयोग मिल्ने अपेक्षा एवम् विश्वास प्रकट गरे ।