युनाइटेड फाइनान्स लिमिटेडले काठमाडौंको गोठाटारमा आफ्नो २३औँ शाखा सञ्चालनमा ल्याएको छ । गोठाटार शाखाको उद्घाटन फाइनान्सका अध्यक्ष वसन्त कुमार चौधरी र कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाबाट शुक्रबार (४ पुस) एक कार्यक्रमका बीच समुद्घाटन भयो ।
साथै, युनाइटेड फाइनान्स पूँजीं तथा शाखा सञ्जालका हिसाबले देशको सबैभन्दा ठुलो फाइनान्स कम्पनी बन्न पुगेको सो संस्थाको दाबी छ । सेवा सञ्चालनको २५औं वर्षमा प्रवेश गरेको संस्थामा हालै मात्र भारतको प्रतिष्ठित मुथुत्त फाइनान्स रणनीतिक साझेदारको रुपमा भित्रिएको संस्थाले जानकारी दिएको छ ।
सो फाइनान्सले २०७६ असोज मसान्तसम्म करिव ६ अर्ब ७० करोड निक्षेप तथा ६ अर्ब १४ करोड कर्जा परिचालन गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट ३ प्रतिशत वोनस शेयर तथा ७.५६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको पनि बताइएको छ ।
प्रतिक्रिया