अन्तराष्ट्रिय मान्यता प्राप्त विश्वको दोस्रो ठुलो टि.भी. ब्राण्ड कम्पनी टि.सि.एल.ले आफ्ना ग्राहकमाझ नयाँ–नयाँ उत्पादन पस्कने क्रमलाई निरन्तरता दिएको छ । यही क्रमलाई निरन्तरता दिँदै, टि.सि.एल. ले ६५ इन्च मा P8M र P8S दुई मोडल नेपाली बजारमा भित्र्याएको छ ।
स्मार्ट टि.भी. को उत्पादन त ९० को दशकमा भएको पाइन्छ, तर स्मार्ट टि.भी. के हो भन्नेमा यकिनन व्याख्या भने कसैले गरेको देखिँदैन । टि.भी.मा इन्टरनेटको प्रयोग गर्न मिल्ने विभिन्न सञ्जालहरु चलाउन मिल्ने हुँदा स्मार्ट भनिएको हो । जति–जति नयाँ स्मार्ट टि.भी.हरू उत्पादन हुन्छन् त्यति नै नयाँ टि.भी.का एप्लिकेसनहरू अपग्रेड भएर आएका हुन्छन् । त्यसैले टि.भी.को स्मार्ट फिचरहरू पनि विभिन्न भर्सनमा आउने गर्दछ ।
आफ्नो उत्पादनको क्रमलाई निरन्तरता दिँदै टि.सि.एल. ले P8M र P8S गरी दुई छुट्टाछुट्टै स्मार्ट टि.भी.का मोडल नेपाली बजारमा भित्र्याएको हो । दुवै टि.भी. ६५ इन्चमा उपलब्ध छन् र दुवै 4K UHD अन्तर्गत रहेका कम्पनीले जनाएको छ ।
एनरोइड (P9.0), Voice Search, Google Assistant, Google Play Store, Netflix, YouTube र T-Zone जस्ता विशेषता यस एनरोइड टि.भी मा पाइन्छ । DTS, Premium Sound, Dolby Audio, Bluetooth Audio जस्ता यसका Sound Quality रहेको छ । यस एनरोईड स्मार्ट टि.भी.को नेपाली बजारमा आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत इ.ओ.एल. प्रा.लि. रहेको छ ।
प्रतिक्रिया