सिजी इलेक्ट्रोनिक्सले विगत ३० वर्षदेखि शीर्ष गुणस्तर भएका इलेक्ट्रोनिक्स उत्पादनहरू नेपाली बजारमा प्रदान गर्दै आएको छ । सिजीले एलजीसँग साझेदारी गरी नेपाली ग्राहकलाई एलजीको अभिनव (नवीन) इलेक्ट्रोनिक्स उत्पादनहरू प्रदान गर्दछ ।
कम्पनीले जनाएअनुसार R32 ग्याँसले एलजी इन्भटर एयर कन्डिसनको प्रणाली दक्षता वृद्धि गर्दछ, जसले गर्दा कम उर्जा खपत हुन्छ र एयर कन्डिसनलाई ज्यादा टिकाउ बनाउँछ ।
R32 ग्याँस यस्तो किसिमको ग्याँस हो जसले कुशलतापूर्वक गर्मी बोक्छ र कम वातावरणीय प्रभाव पार्दछ । R22 र R410A जस्ता व्यापक रुपमा प्रयोग हुने रेफ्रिजरेन्टहरूको तुलनामा R32सँग ग्लोबल वार्मिङ सम्भाव्यता छ जुन एक तिहाई कम हो र यसको कम वातावरणीय प्रभावको लागि उल्लेखिनीय छ । यसमा रहेको ब्ल्याक ओसियन प्रोटेक्सन टेक्नोलोजी ले जङ्ग्स र रस्टको समस्याहरूलाई समाधान गर्दछ ।
डुवल कम्प्रेसर भएको यो एसीले ७० प्रतिशतसम्म विजुली बचत गर्नुका साथै सक्रिय चार–चरण उर्जा नियन्त्रण गर्दछ, जसले मान्छेको संख्या र कोठामा क्रियाकलापको स्तरका आधारमा एयर कन्डिशनरले उत्पादन गर्ने शितलताको समायोजन गर्दछ ।
एजीका एयर कन्डिसनरमा १० वर्षको वारेन्टीसमेत रहेको सिजी इम्पेक्सले जनाएको छ । साथै एलजीको एसी प्रयोग गर्दा वार्षिक ३२ हजार रुपैयाँसम्मको बचत पनि गर्न सकिने कम्पनीको दाबी छ ।
एलजीको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्स प्रा.लि. रहेको छ ।
प्रतिक्रिया