■ पुनहरि बेलबासे, रुपन्देही
अङ्ग्रेजी नयाँ वर्ष २०२० को पूर्वसध्यामा भैरहवास्थित होटल पौवामा नयाँ वर्ष विशेष कार्यक्रम हुने भएको छ । होटल स्थापनाको वर्षदेखि नै विविध कार्यक्रमहरु गर्दैै आएको होटल पौवाले यस वर्ष राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुका साथमा कार्यक्रम गर्न लागको म्यानेजर विष्णु भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार नयाँ वर्ष कार्यक्रमलाई उल्लासमय तुल्याउनका लागि गायक प्रमोद खरेल, गायिका टीका प्रसाईं, हास्य कलाकार राजा राजेन्द्रलगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।
नेपाल भ्रमण वर्षमा विदेशी पर्यटकलाई होटलमा स्वागत गर्न आतुर रहेको बताउँदै शुभ ओम कम्पनीका अध्यक्ष हरिबहादुर थापाले विदेशी पर्यटकलाई नेपाली रैथाने खानाका परिकार विशेष छुटका साथ पस्किने बताए । होटल पौवाले प्रदेश नम्बर पाँचका पर्यटकीय सम्भावना बोकेका ठाउँमा शाखा खोलिसकेकोले यस आर्थिक वर्षमा पश्चिम क्षेत्रमा तीव्रताका साथ होटल सञ्चालनमा ल्याउने बताउँदै आगामी दस वर्षभित्र होटल पौवाका देशव्यापी रुपमा एक सय शाखा खोल्ने तयारी रहेको होटल पौवा प्रालिका प्रबन्ध निर्देशक विष्णुप्रसाद ज्ञवालीले बताए ।
प्रतिक्रिया