प्रवासबाट खेलकुद क्षेत्रमा बाबाको यो सक्रियता

प्रवासबाट खेलकुद क्षेत्रमा बाबाको यो सक्रियता


■ राजन घिमिरे, सिड्नी

उच्च शिक्षा अध्ययन गर्नका लागि अष्ट्रेलिया आउने नेपाली विद्यार्थीहरू माझ बाबा ऐजुकेसन कन्सल्टेन्सीले राम्रै उपस्थिति जनाइरहेको छ । विद्यार्थीहरूको निम्ति शिक्षा र अध्यागमनको बारेमा सेवा र सल्लाह दिँदै आएको बाबा अब आफ्नो सेवा र क्षेत्र विस्तार गर्नतिर लागेको छ ।

अष्ट्रेलियामा हुने सामाजिक, सांस्कृतिक र विविध कार्यक्रमहरूको प्रायोजन गरेर समाजप्रतिको दायित्व र सहभागितामा पनि यसले आफूलाई अगाडि नै राखेको छ । यसैबीच यतिबेला युवा पुस्ताबीच राम्रो क्रेज जमाइरहेको खेलकुद विधामा प्रवासमा रहेर पनि लागि पर्ने विद्यार्थीलाई पनि समेट्ने गरेको छ । केही वर्षअगाडि शुरू भएको बाबा क्रिकेट क्लबमा लगभग १५ जना नेपाली विद्यार्थीहरू आवद्ध छन् भने उनीहरूले खेललाई अगाडि बढाइरहेका छन् ।

यसरी समाजका हरेक तह–तप्का र विधामा आफ्नो उपस्थिति दर्शाउने योजनाअनुरूप अब बाबाले खेल विधाको अर्को सशक्त विधा मानिने बास्केट बलमा पनि आफ्नो सहभागिता दर्शाउने भएको छ ।

बाबाले बाबा भिकिन्स बास्केट बल क्लबको स्थापना गरेको छ । यो बास्केट बलको समूहमा पनि बाबाले एक दर्जनभन्दा बढी नेपाली विद्यार्थीहरूलाई समेटेको छ । बाबाको सिड्नीस्थित कार्यालयमा आयोजित एक कार्यक्रमबीच क्लबको जर्सी वितरण गर्दै बाबा ऐजुकेसनका सीइओ रबिन्द्रकुमार शर्माले बाबा सबैको क्षेत्र र विधामा पुग्ने बताए । ‘समाजका हरेक क्रियाकलाप र प्रेरक विषय वा क्षेत्रलाई समेटेर हामी अगाडि बढ्नेछौँ । हाम्रो यात्रा लामो र परिपक्क छ’– उनले भने ।

यसैगरी बाबाका मार्केटिङ मैनेजर अमृत शर्माको भनाईअनुसार विद्यार्थीहरूको मनोबल बढाउनु र प्रवासबाट नेपाल र नेपालीका लागि अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न जोड दिनु नै क्लबको लक्ष्य हो । ‘हाम्रो यो सोचमा साथ दिन प्रवासमा रहनुहुने सबैमा हामी अनुरोध गर्दछौँ’, उनको आग्रह छ ।