जापानमा क्रियाशील बलेवा सेवा समाजको अध्यक्षमा राज पौडेल चयन हुनुभएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा सम्पन्न समाजको पाँचौ साधरणसभाले राज पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा विकास केसी, उपाध्यक्षमा शेषकान्त रिजाल, महासचिवमा टीकाराम रिजाल बिमल, सचिवमा अर्जुन लामिछाने, कोषाध्यक्षमा एलपी शर्मा र सह कोषाध्यक्षमा दीपेन्द्र गिरि चयन हुनुभएको छ ।
समितिको सदस्यमा गोविन्द्र पौडेल, हरिरेग्मी, सन्तोष सापकोटा, महेन्द्र ढकाल, भीम केसी, भक्त हमाल, प्रताप हमाल, कृष्ण शर्मा समीर, दीपेन्द्र रिजाल, अर्जुन प्रताप सिंह केसी रहनुभएको छ ।
समितिको सल्लाहकारमा रामु चापाई, बलराम भट्ट रहनुभएको छ भने साधारणसभाले महेन्द्र पिसी, शर्मेन्द्र पौडैल सेवक र राजु चपागाईंलाई संरक्षकमा चयन गरेको छ । साधरणसभाले महासचिव विमल रिजालले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष विकास केसीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्व सर्वसम्मत रुपमा पारित गरेको थियो ।
कार्यक्रममा चर्चित लोक दोहोरी गायक सुर्य खड्का, सोना केसी र निर्मल क्षेत्रीले आफ्नो सांगीतिक प्रस्तुतिमार्फत मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा संरक्षक राजु केसी, महेन्द्र पिसीले मन्तव्य व्यक्त गर्दै समाजले हालसम्म गरेका कार्यको सह्राहनीय भएको भन्दै आगामी दिनमा पनि सामाजिक कार्यमा थप क्रियाशील भएर लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रम समाजका अध्यक्ष शर्मेन्द्र पौडेल सेवकको अध्यक्षता, महासचिव विमल रिजालको सञ्चालन र प्रवत्ता अर्जुन लामिछानेको स्वागतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया