बेल्जियममा तमु ल्होसार विशेष सांगीतिक कार्यक्रम गरेर मनाइएको छ । तमु समाज बेल्जियमको आयोजनामा ३१ डिसेम्बरका दिन बेल्जियमको आन्त्वेर्पेनमा ‘तमु च्यु ल्होसार सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको हो ।
तमु समाज बेल्जियमकी अध्यक्ष नन्द कुमारीतमुस्योको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापा रहेका थिए । त्यस्तै, विशेष अतिथिमा एनआरएन बेल्जियमका अध्यक्ष चित्र सुवेदी, आइसीसी उपाध्यक्ष अर्जुन श्रेष्ठ, आइसीसी सहकोषाध्यक्ष लोक दाहाल रहेका थिए ।
नेपालबाट आएका कलाकार कृष्ण गुरुङलगायतले उपस्थित सबै पाहुनाहरुलाई संगीतमार्फत मनोरञ्जन गराएका थिए भने कार्यक्रममा क्रियाशील दर्जनौं नेपाली संघसंसंस्था तथा गठनका प्रतिनिधिहरूको समेत आतिथ्यता रहेको थियो । सम्पन्न कार्यक्रममा बेल्जियमका विभिन्न ठाउँबाट उल्लेखनीय सहभागिता रहेको थियो ।


प्रतिक्रिया