नेपाल तरुण दल सुर्खेतका जिल्ला अध्यक्ष एवं कलाकार हरि विष्टले जन्मदिनका अवसरमा धुर्मुस–सुन्तली फाउन्डेसनलाई ५१ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । उनले फाउन्डेसनद्वारा चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ उक्त रकम प्रदान गरेका हुन् ।
उनले जन्मदिनका अवसरमा होटेलमा फजुल खर्च गर्नुभन्दा विकास निर्माणमा लगानी गर्न उपयुक्त लागेको बताए । फाउन्डेसनको बैंक खातामा सो रकम जम्मा गरेको कलाकार विष्टले जानकारी दिए । साथै, उनले सुर्खेत उद्योग वाणिज्य संघको व्यावसायिक राहत अक्षयकोषलाई पनि सहयोगस्वरूप रु. ५१ हजार १११ प्रदान गरेका छन् ।
rss
प्रतिक्रिया