लिवियामा जारी द्वन्द्वको प्रभावका कारण पछिल्लो साता तेल उत्पादनको मात्रा तेब्बर घटेको छ । लिवियाली तेल खानी क्षेत्रमा विद्रोहीले जनवरी १८ देखि उत्पादनका गतिविधिलाई अवरूद्ध गरेपछि एक हप्तायता ७५ प्रतिशत तेल उत्पादन घटेको त्यहाँको राष्ट्रिय पेट्रोलियम पदार्थ उत्पादक कम्पनीले शनिबार जनाएको हो ।
लिवियाको विद्रोही शक्ति सैनिक नेता खालिफा हफ्तरको समूहले तेल उत्पादनमा रोक लगाएका कारण दैनिक कुल तीन लाख २० हजार तेल उत्पादन हुने गरेको छ । विद्रोहीले तेल उत्पादनलाई अवरूद्ध गर्नुपहिले लिवियामा दैनिक १२ लाख ब्यारेल कच्चा तेल उत्पादन हुने गरेको उक्त कम्पनीले बताएको छ ।
लिवियामा जारी द्वन्द्व अन्त्यका लागि केही समय पहिले फ्रान्समा र गत हप्ता जर्मनीमा सरकार र विद्रोहीबीच युद्धविराम गराउन राष्ट्रसंघको पहलमा प्रयास भएको भए पनि द्वन्द्वरत पक्षबीच सम्झौता हुन नसकेकोे एएफपीले जनाएको छ ।

प्रतिक्रिया