एमाले उपाध्यक्ष पौडेललाई सात दिन थुनामा राख्न अनुमति

एमाले उपाध्यक्ष पौडेललाई सात दिन थुनामा राख्न अनुमति


विशेष अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबार (८ असार)देखि लागू हुनेगरी विभागलाई अनुमति दिएको हो ।

पूर्वअर्थमन्त्री पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याएर मंगलबार अदालत उपस्थित गराइएको हो । उनलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ ।