बास्केट बलका महान् खेलाडी कोबेको हेलिकप्टर दुर्घटनामा मृत्यु

बास्केट बलका महान् खेलाडी कोबेको हेलिकप्टर दुर्घटनामा मृत्यु


बास्केट बलका महान् खेलाडीका रूपमा विश्वप्रसिद्ध अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको क्यालिफोर्नियाको अमेरिकी प्रान्तमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । आइतबार भएको दुर्घटनामा उनकी १३ वर्षीया छोरी जियानासहित ९ जनाको मृत्यु भएको हो ।

४१ वर्षीय ब्रायन्ट आफ्नो निजी हेलिकप्टरमा यात्रा गरिरहेका बेला उक्त दुर्घटना भएको बताइएको छ । दुर्घटनाको कारणबारे खुलासा भइसकेको छैन ।

ब्रायन्ट अत्यन्त लोकप्रिय खेलाडी हुन् । विश्वभरका बास्केटबल प्रशंसकहरूबीच उनको लोकप्रियता कति थियो भने मृत्युपछि फेसबुक र ट्विटरको शीर्ष दश स्थानभित्र कोबेकै मृत्युको खबर छाएको छ । पाँच पटकको राष्ट्रिय बास्केटबल संघ (एनबीए) च्याम्पियन कोबे ब्रायन्ट बास्केटबलको इतिहासमा सबैभन्दा सफल उत्कृष्ट खेलाडीमध्ये एक मानिन्छ ।