खाग तस्करीमा संलग्न दुई अभियुक्त पक्राउ

खाग तस्करीमा संलग्न दुई अभियुक्त पक्राउ


गैंडाको खाग तस्करी तथा अवैध बिक्री वितरणमा संलग्न दुई अभियुक्त प्रहरीको फन्दामा परेका छन् ।

लव खत्री र दिनेश थापा नामका दुई जनाले काठमाडौंको चाबहिल इलाकामा २५ लाख रुपैयाँमा गैंडाको खाग कारोबार गर्न लागेको भन्ने सूचना पाएपछि खोजतलास गरिएको र सो क्रममा बुधबार (१५ माघ) साँझ उनीहरूलाई अवैध खागसहित फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अभियुक्तहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तिसारको जिम्मा लगाइएको छ ।