अलिबाबा समूहका संस्थापक ज्याक माले खोलेको ज्याक मा फाउन्डेसनले कोरोना भाइरसविरुद्धको खोप निर्माणका लागि एक करोड ४४ लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ ।
यो रकम कोरोना भाइरसको खोपको अनुसन्धान र निर्माणमा खर्च गरिने फाउन्डेसनले जनाएको छ ।
फाउन्डेसनका संस्थापक ज्याक माले खोप निर्माण गरी ठूलो संख्यामा वितरण गर्नु चुनौतीपूर्ण रहे पनि फाउन्डेसनले मानवीय सहयोग गर्न चाहेको बताए । उनले आफ्नो फाउन्डेसनले भाइरसविरुद्ध लड्ने किसिमका खोपहरूको निर्माण र वितरणमा थप लगानी बढाउने पनि बताए ।
अलिबाबा समूहले कोरोना भाइरससँग जुधिरहेको चीन सरकारलाई चिकित्सा सेवामा सघाउन एक अर्ब चिनियाँ युयान उपलब्ध गराउने घोषणा गरिसकेको छ ।
रासस–एएफपी
प्रतिक्रिया