नेकपाका सांसदलाई रात्रिभोजमा उपस्थित हुन ह्विप

नेकपाका सांसदलाई रात्रिभोजमा उपस्थित हुन ह्विप


आइतबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा हुने रात्रिभोजमा उपस्थितिका लागि नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूलाई ह्विप जारी गरिएको छ । आइतबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आयोजित रात्रिभोजमा आफ्ना पार्टीका सांसदलाई उपस्थित हुन भन्दै मोबाइलमा म्यासेज आएको छ ।

नेकपाका सांसदहरूलाई पार्टीद्वारा पठाइएको म्यासेजमा लेखिएको छ– २०७६–१०–१९ गते साँझ ६ बजे पीएमनिवास बालुवाटारमा रात्रिभोज आयोजना गरिने भएको हुँदा उपस्थितिका लागि अनुरोध गरिन्छ । ह्विप । सीपीएन ।

सांसदहरूलाई रात्रिभोजमा उपस्थितिका ह्विप जारी गरेरै बोलाउनुपर्ने कारण भने खुलेको छैन । तर, प्रधानमन्त्रीले मिलेनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) का विषयमा सांसदहरूसँग परामर्शका लागि रात्रिभोजको आयोजना गरिएको हुन सक्ने स्रोत बताउँछ । भोजमा पार्टीका केन्द्रीय सदस्यहरूलाई भने निमन्त्रणा नगरिएको बुझिएको छ ।