चाँडै मिर्गाैला प्रत्यारोपण गराउँछु, अझै तीन वर्ष सरकारको नेतृत्व गर्छु : प्रधानमन्त्री

चाँडै मिर्गाैला प्रत्यारोपण गराउँछु, अझै तीन वर्ष सरकारको नेतृत्व गर्छु : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति दृढ रहेकाले त्यसमा शङ्का नगर्न आग्रह गर्नुभएको छ ।

विभिन्न निजी क्षेत्रका सञ्चारमाध्यमका सम्पादकसँग प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार (२१ माघ) साँझ भएको छलफलमा उहाँले सो आग्रह गर्नुभएको हो । ‘कुनै प्रकारको प्रेस स्वतन्त्रतामा बन्देज र सीमित गर्ने कार्य सरकारबाट हुदैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकारका तर्फबाट प्रेस स्वतन्त्रता विरोधी कुनै काम भए सच्चाउन तयार छौ ।’

अत्यन्त उत्साहित रुपमा प्रस्तुत भएका प्रधानमन्त्रीले सम्पादकहरुसँग मुलुकको राजनीति र समसामयिक अवस्थाका बारेमा छलफल गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले सरकारलाई सहयोग गर्न सम्पादकहरुसँग आग्रह गर्नुभयो । उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) हिउँदे अधिवेशनबाट पारित हुने पनि सो अवसरमा दाबीका साथ बताउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले आफूले अहिले मिर्गाैलाको डाइलोसिस गरिरहेको जानकारी दिँदै चाँडै नै मिर्गाैला प्रत्यारोपण गर्ने र आफूले अझै तीन वर्ष सरकारको नेतृत्व गर्ने बताउनुभएको थियो ।