नेता नेपाल र अमेरिकी राजदूतबीच भेटवार्ता

नेता नेपाल र अमेरिकी राजदूतबीच भेटवार्ता


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि अमेरिकाका राजदूत र्‍याण्डी डब्ल्यू बेरीबीच शिष्टाचार भेटघाट भएको छ । नेता नेपालको निवास कोटेश्वरमा उहाँहरुबीच भेटघाट भएको थियो ।

नेता नेपालका स्वकीय सचिव नितेश पौडेलका अनुसार भेटमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का बारेमा पनि छलफल भएको थियो । सो अवसरमा नेपालले कुनै पनि वैदेशिक सहयोग लिने भन्दै नेता नेपालले एमसिसी राष्ट्रिय हित अनुकूल भए स्वीकार गरेर अगाडि बढ्न सकिने राजदूत बेरीलाई बताउनुभयो । उहाँले एमसिसी राष्ट्रिय हितविपरीत भए सच्चाउनुपर्नेमा जोड दिनुभयो । दुई देशबीच द्विपक्षीय हित र समसामयिक राजनीतिक अवस्था बारेमा उहाँहरुबीच छलफल भएको थियो ।

rss