‘थाई सैनिक’को आक्रमणबाट १७ को मृत्यु

‘थाई सैनिक’को आक्रमणबाट १७ को मृत्यु


थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १७ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणकारी एक सिपाहीले सैनिक शिविरबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेर शहर पसेको र अन्धाधुन्ध गोली चलाएको थाई सञ्चारमाध्यमले स्थानीय प्रहरीलाई उद्धृत गरी उल्लेख गरेका छन् ।

आक्रमणकारी सैनिकले शहरको एउटा व्यापारिक केन्द्रमा पनि प्रवेश गरेको र त्यहाँ रहेका पसलमा जथाभावी गोली चलाएको स्थानीय प्रहरीले बताएको सिन्ह्वाले जनाएको छ । घटनामा १७ जनाको मृत्यु भएको थाई प्रहरीका एक उच्च अधिकारीले बताएका छन् ।

आक्रमणकारी भनिएका ती सैनिकले गाली चलाउँदै व्यापारिक भवनमा छिरेका र त्यहाँ एउटा आफ्नो तस्वीर ‘सेल्फी’ खिचेर सामाजिक सञ्जालमा राखेका प्रहरीको भनाई छ ।