कांग्रेसद्वारा संसद अवरुद्ध

कांग्रेसद्वारा संसद अवरुद्ध


नेपाली कांग्रेसले आज (आइतबार) पनि संसद बैठक अवरुद्ध गरेको छ । कांग्रेसले पार्टीका उपसभापति पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको विरोधमा प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

बैठक शुरु हुनेबित्तिकै नेपाली कांग्रेसका सांसदले आफ्ना नेता गच्छदारविरुद्ध आयोगले सरकारको इसारामा भ्रष्टाचार मुद्दा लगाएको भन्दै संसद अवरुद्ध गरेका हुन् ।

कांग्रेसको अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले माघ २८ गते मंगलबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

यसै विषयलाई लिएर कांग्रेसका सांसदले बिहीबार र शुक्रबारको संसद् बैठक पनि अवरुद्ध गरेका थिए ।