पपुआन्युगिनीमा ६.२ रेक्टरको भूकम्प

पपुआन्युगिनीमा ६.२ रेक्टरको भूकम्प


पपुआन्युगिनीमा आइतबार ६.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्प निकै शक्तिशाली भए पनि कुनै सुनामीको चेतावनी दिइएको छैन ।

यूएसजीएसका अनुसार पपुआन्युगिनीको राजधानीबाट करिब १२२ किलोमिटर दक्षिणस्थित कोकोपोलाई केन्द्र बनाएर स्थानीय समयअनुसार अपराह्न ४ बजे भूकम्प गएको थियो ।

अस्ट्रेलियाली भूगर्भ वैज्ञानिक ट्रेभर आलेनले भूकम्पको गहिराइ कम रहेकाले तटीय क्षेत्रका मानिसले भूकम्पको ठूलै झट्का महसुस गरेको हुन सक्ने बताए ।

मानवबस्ती पातलो रहेको र घरहरूको बनावट भूकम्पप्रतिरोधी रहेकाले धनजनको क्षति कम हुने उनले विश्वास व्यक्त गरे । पपुआन्युगिनी भूकम्पीय उच्च जोखिममा रहेको मुलुक हो ।
एएफपी