सरकार पक्षपाती भयो : पौडेल

सरकार पक्षपाती भयो : पौडेल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समानताको सिद्धान्तविपरीत राज्य जान लागेको आरोप लगाएका छन् । आइतबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै नेता पौडेलले सरकार नागरिक सबै बराबर हुन् भन्ने उद्देश्यले अघि बढ्नुपर्नेमा पक्षपाती भएको टिप्पणी गरे ।

उनले प्रदेश सरकारले गरेको निर्णयमाथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न नपाउने गरी गलत मनसायबाट विधेयक ल्याउन लागेको बताए । यसले लोकतन्त्रलाई कमजोर बनाउने पौडेलको भनाइ थियो । उनले, ‘लोकतन्त्रको सट्टा धनतन्त्रतर्फ देशलाई लान खोजियो ।’

फरक प्रसंगमा नेता पौडेलले पार्टीभित्र वैचारिक द्वन्द्व भए पनि अहिले केही हदसम्म समाधान भएको बताए । आफू पार्टीभित्र विकृतिको अन्त्य गर्नुपर्छ भन्ने पक्षमा रहेको उनको भनाइ थियो । नेता पौडेलले भने, ‘पार्टीभित्र धेरै ठाउँमा विकृति–विसंगति रहेको छ । त्यसको अन्त्य हुनुपर्छ ।’ राजनीतिलाई सम्मानको क्षेत्र बनाउनुपर्ने भन्दै उनले सुशासन, पारदर्शिता र विकृतिरहित बनाउन आवश्यक रहेको बताए ।