मालपोतका खरिदार सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ

मालपोतका खरिदार सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ


सप्तरीमा सरकारी कागज किर्ते गरेको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । राजविराजस्थित मालपोत कार्यालयका खरिदार नवीन विश्वकर्मालाई सरकारी काज किर्ते गरेको आरोपमा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ बस्ने ७६ वर्षीय फुरन चौधरी थारुले विश्वकर्माविरुद्ध लिखित उजुरी दिएकाले पक्राउ गरिएको प्रनाउ भारतीले बताए । जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य थालिएको उनको भनाइ छ ।
rss