पाकिस्तान नियन्त्रित काश्मिरमा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा कम्तीमा २२ सैनिकको मृत्यु भएको छ ।
पाकिस्ताननियन्त्रित कश्मीरको मुजफ्फराबाद जिल्लामा बुधबार भएको दुर्घटनामा एक कर्णेल र दुई मेजर तथा अन्य १९ जना सैन्यकर्मीको मृत्यु भएको स्रोतले जनाएको छ ।
यसअघि इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपिआर)ले जारी गरेको विज्ञप्तिमा हेलिकप्टरको उडानका क्रममा प्राविधिक खराबीका कारण दुर्घटना भएको थियो ।
‘दुर्घटनाको वास्तविक प्राविधिक कारण पत्ता लगाउन छानविन समितिलाई आदेश दिइएको छ’, आइएसपिआरले भनेको छ ।
प्रतिक्रिया