सिड्नीमा ३० वर्षयताकै भीषण वर्षा, निभ्यो अढाइ महिनादेखिको डढेलो

सिड्नीमा ३० वर्षयताकै भीषण वर्षा, निभ्यो अढाइ महिनादेखिको डढेलो


अस्ट्रेलियाको सिड्नीमा भीषण वर्षा भएको छ । यो ३० वर्षयताकै भीषण भएको बताइएको छ । वर्षापछि आएको बाढीका कारण त्यहाँको यातायात प्रभावित बनेको छ भने हजारौँ सर्वसाधारण घर छाड्न बाध्य भएका छन् ।

सिड्नीमा पछिल्लो चार दिनमा करिब चार सय मिलिमिटर वर्षा भएकोले अचानक बाढी आउन सक्ने र त्यसले ज्यान जोखिममा पार्न सक्ने मौसमसम्बन्धी निकायले चेतावनी दिएको छ ।

वर्षाका करिब अढाइ महिनादेखि अस्ट्रेलियाको न्यू साउथ वेल्सका विभिन्न स्थानमा फैलिएको करोवान नामक डढेलोसमेत निभेको छ । वर्षाकै कारण करिब एक लाख घरमा विद्युत विच्छेद भएकोले लाखौँ मानिस अन्धकारमा बस्न बाध्य भएका छन् ।

सेन्ट्रल सिड्नीमा सोमबार पानी रोकिए पनि यो साताभरि थप वर्षाको पूर्वानुमान त्यहाँको मौसम विभागले गरेको छ ।