नाइजेरियामा एउटै परिवारका १६ जनाको रहश्यमयी हत्या

नाइजेरियामा एउटै परिवारका १६ जनाको रहश्यमयी हत्या


नाइजेरियामा एकै परिवारका १६ जनाको रहस्यमयी हत्या भएको छ । अज्ञात बन्दुकधारीले गोली प्रहार गर्दा उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले जानकारी दिएका सिन्ह्वाले जनाएको छ ।

देशको दक्षिण मध्य क्षेत्रमा पर्ने काडुना प्रदेशको फिका जिल्लाको बाकालीमा घटना मङ्गलबार दिउँसो भएको समाचा।रमा जनाइएको छ ।

घटनास्थल चर्चित सहर मानिने जारियासँगै पर्दछ । प्रहरीले दिएको विवरणअनुसार बन्दुकधारीले उनीहरूलाई घरभित्र थुनेर गोली प्रहार गरेका थिए ।

घरभित्र रहेका आक्रमणमा परेका सबै जनाको मृत्यु भएको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् ।